दमक मदिरा व्यवसायी संघ पूर्नगठित

दमक,७ पुस । दमक मदिरा व्यवसायी संघ पूर्नगठन गरिएको छ ।संघको सम्पन्न विस्तारित भेलाले दिनेश मैनालीको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति पूर्नगठन गरिएको हो ।
पूर्नगठित समितिको उपाध्यक्षमा तोर्णबहादुर बस्नेत, सचिवमा नगेन्द्र चम्लागाई , सहसचिवमा विष्णु सुब्बा, कोषाध्यक्षमा महेन्द्र खड्का चयन भएका छन् ।समितिको सदस्यहरुमा अर्पित खड्का, विकास प्रसाई,मनिस साह, बुद्धिविक्रम कार्की, निशा लावती र मिलन प्रसाई चुनिएका छन् ।

दमककै ज्येष्ठ मदिरा व्यवसायी इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको भेलामा दमक क्षेत्रका दुई दर्जन बढी मदिरा व्यवसायीहरुको उपस्थिति रहेको थियो । भेलामा बोल्दै व्यवसायीहरुले मदिरा व्यवसायलाई मर्यादित व्यवसायको रुपमा विकास गर्न खाँचो रहेको औल्याएका थिए ।
गठित समितिले संस्था दर्ता गर्नका लागि सचिव चम्लागाईको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको अध्यक्ष मैनालीले बताए । दमकमा मदिराका करिव ५ दर्जन थोक विक्रेताहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.