साहित्य कला सङ्गमको ५७ ओैं श्रृङ्खला सम्पन्न

दमक,५ पुस । साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचनको शुक्रवार ५७ ओै श्रृङ्खला सम्पन्न गरेको छ ।
संस्थाका उपाध्यक्ष यादवप्रसाद अधिकारीको अध्यक्षतामा र बरिष्ठ साहित्यकार खेमलाल पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार प्रा.डा.गोबिन्दराज भट्टराई,प्रतिभा निकेतनका पूर्व अध्यक्ष मेघराज तिम्सिना,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई,साहित्यकला सङ्गमका सल्लाहकार हेमनाथ अधिकारी ,लेखा संयोजक गीता कँुवर लगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा तिन दर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । कार्यक्रममा सङ्गमका पूर्व अध्यक्ष विष्णु न्यौपाने ,संगमकी उपाध्यक्ष दुर्गा खनाल काफ्ले ,महासचिव ओमप्रसाद खनाल , सचिव बिरेन्द्र खड्का ,सहसचिव मेघनाथ बन्धु , सदस्य बिबेक दुलाल क्षेत्री , रामकुमार उपाध्याय र ज्ञाननाथ निरौला लगायतले रचना पाठ गरेका थिए ।
यसरी नैं श्रष्टाहरु पदमप्रसाद ओली किशोर खनाल,त्रिलोचन रेग्मी,खड्ग बहादुर खड्का ,यादवप्रसाद नेपाल ,गोपाल दाहाल, हिमाल सुब्बा गुराश, मच्छिन्द्र याख्खा,भक्तादेवी दाहाल, ज्ञानेन्द्र खड्का, शान्तप्रसाद भट्टराई,अम्विकाप्रसाद सापकोटा ,भगवती दवाडी लगायतले समेत रचना पाठ गरेका थिए ।

कार्यक्रममा नवप्रतिभाहरु सरस्ती मावि दमकका बिद्यार्थीहरु डिजायर नेपाल,निशा बि.क. , शदिच्छा बर्देवा, सम्पदा बजगाई,हाङ्मा लिम्बू , एलिना आले ,मनिस चम्लागाई, विवेक मिश्र लगायतले आफ्नो रचना तथा प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरुलाई साहित्य कला सङ्गमबाट प्रकाशित पुस्तक उपहारस्वरुप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.