पाँचथरका सातवटा प्रहरी चौकी पुनः स्थापना

पाँचथर ,१९ मंसीर। गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा विस्थापित पाँचथरका सातवटा प्रहरी चौकी पुनः स्थापना भएका छन् ।प्रहरी चौकी सिंहापुर, अस्थायी प्रहरी पोस्ट भुल्के, ओयाम, थोक्लिम्बा, आङसराङसहित प्रहरी चौकी गोपेटार र फलैंचामा प्रहरी चौकी पुनःस्थापना भएका हुन् ।
जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण सुरक्षा खतरालाई मध्यनजर गर्दै ती चौकी सदरमुकाम केन्द्रित गरिएको थियो । प्रहरी चौकीलाई सदरमुकामसहित विभिन्न प्रहरी चौकीमा गाभिएपछि स्थानीयले पुनः स्थापनाको माग गर्दै आएका थिए । प्रहरी नहुँदा अपराधिक घटनामा वृद्धि हुनुका साथै निर्वाचन सुरक्षामा समेत प्रभाव पर्ने उनीहरूको भनाइ थियो ।
विस्थापितमध्ये अस्थायी प्रहरी पोस्ट ओयाममा शुक्रबार प्रहरी कर्मचारी पठाइएको छ । सिंहापुर र भुल्केमा बिहीबार र अन्य प्रहरी चौकीमा केही दिनअघि प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.