दमकमा महाकवि देवकोटाको जन्मजयन्ती मनाईयो

दमक ,५ कार्तिक । यहाँस्थित साहित्य कला सङ्गम र प्रतिभा निकेतनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ओैं जन्म जयन्ती मनाईएको छ । अग्रज कवि तथा साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजित लक्ष्मी जयन्ती विशेष कार्यक्रममा वक्ताहरुले नेपाली भाषा,साहित्यका क्षेत्रमा महाकवि देवकोटाले पुरयाँएको योगदानको चर्चा गरेका थिए ।

दमक- ६ स्थित देवकोटा चौंकमा रहेको शालिकमा सहभागिहरुले फूलगुच्छा अपर्ण गरेका थिए । कार्यक्रममा दमक नगरपालिका वडा नं ६ का वडाअध्यक्ष टेक बहादुर थापा, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी,साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दाहाल मुकदर्शक,प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराई र प्रतिभा निकेतनका पूर्व अध्यक्ष मेघराज तिम्सिना लगायतले संयुक्त रुपमा देवकोटाको शालिकमा माल्यार्पण गर्नुका साथैं दर्जनभन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका साहित्य कला संगमका महासचिव ओमप्रसाद खनालले बताए ।

उनका अनुसार रचना वाचन गर्ने स्रष्टाहरुमा मुकदर्शक ,विष्णु न्यौपाने, यादवप्रसाद अधिकारी झाक्रिखोले,दुर्गा खनाल काफ्ले, चन्द्रा गडतौला, सहसचिव मेघनाथ बन्धु,सदस्य बिवेक दुलाल क्षेत्री, साहित्यकार रघुनाथ भण्डारी,नारायणप्रसाद शर्मा,बाला भट्टराई रहेका थिए ।
ती दुवै साहित्यीक संस्थाले बर्षेनी लक्ष्मीपूजाका दिन महाकविको सम्झनामा विभिन्न कार्यक्रम गरि लक्ष्मी जयन्ती मनाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.