हिमालयन टाइगरको रक्तदान, ३५ पिन्ट रगत संकलन

दमक ,१२ असोज । क्लव हिमालयन टाईगर दमक शाखाले शनिवार दमकमा आयोजना गरेको रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको छ । संस्थाको छैठौं बार्षिक स्थापना दिवसका अवसर पारेर आयोजित रक्तदानमा ५ महिलासहित गरि ३५ जनाले रगतदान गरेका अध्यक्ष खगेन्द्र बजगाईले बताए ।

उनका अनुसार स्थापना दिवसका अवसरमा क्लवले स्थापनाकालदेखि नियमित रुपमा रक्तदान कार्यक्रम गरिआएको छ । रक्तदानमा क्लवका केन्द्रीय महासचिव राजु खड्का,व्यवसायी पदम राउत,दमक जेसीजका पूर्व अध्यक्ष कमल कटुवाल,पत्रकार सुजन गौतम लगायतले रगतदान गरेको अध्यक्ष बजगाईले बताएका छन् ।

दमक नरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको रक्तदान दमकस्थित नेपाल रेडक्रस सोसाईटीको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
नजिकिएको दशै,तिहार लगायतका चाडपर्वमा रगतको अभाव हुने भएको हुदाँ रगतदान गरिएको क्लवले जनाएको छ । स्थानीय वरपिपल चौंकमा आयोजित रक्तदानमा क्लवका केन्द्रीय अध्यक्ष रेवतचन्द्र भण्डारी, पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.