स्व. बस्नेतको स्मृतिमा यस बर्षको झापा गोल्डकप

झापा,२२ भदौं । मोफसलको सर्वाधिक लोकप्रिय फुटवल ‘झापा गोल्डकप’ले सातौं संस्करणलाई निवर्तमान अध्यक्ष स्व. बिनोद बस्नेतको स्मृतिमा समर्पण गर्ने भएको छ ।
झापा गोल्डकपले सातौं संस्करणको नाम स्व. बिनोद बस्नेत स्मृति झापा गोल्डकप रहने निर्णय गरेको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

उनका अनुसार शनिवार बसेको बैठकले छैठौं संस्करण सम्पन्न गर्न स्व. बस्नेतले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनको स्मृतिमा सातौं संस्करण समर्पित गर्ने निर्णय गरिएको हो । सातौं संस्करणका लागि अखिल नेपाल फुटवल संघ एन्फासँग समय तालिका माग गर्न पत्राचार गर्ने निर्णय समेत गरेको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । त्यस्तै बैठकले स्थानीय पालिकाहरुसंग समन्वय गर्न कार्यसमिति सदस्य बिशन लिम्बूलाई जिम्मेवारी दिएको छ ।

सदस्यमा सात जनालाई मनोनयन
वैठकले कार्यसमिति सदस्य र सल्लाहकार सदस्य समेत मनोनयन गरेको छ । बैठकले कार्यसमिति सदस्यमा सात जनालाई मनोनयन गरेको छ । मनोनित हुनेमा बिर्तामोड–३ का यादव पोखरेल, धुलावारीका धनराज थापा मगर, बिर्तामोडका मदन खड्का, अर्जुनधाराका बीरबहादुर राई, बिर्तामोडका पार्वता खरेल विमली, सन्तोष अग्रवाल र विपीन वस्नेत रहेका छन् ।
६२ सदस्यीय सल्लाहकार समिति
त्यस्तै बैठकले ६२ सदस्यीय सल्लाहकार समिति मनोनयन गरेको छ । जसमा प्रदीप मित्तल, राजेन्द्र थापा, राजकुमार पोखरेल, मिनप्रकाश मैनाली, उमेश डालमिया, टीकाराज ढकाल, मोहन ढकाल, भोजराज सिटौला, सजेश शिवाकोटी, सीएम खनाल, भगीरथ आले मामा, दीपेन्द्र ढकाल, जयनारायण ढुङ्गाना, मदन बुढाथोकी, अग्नि पाण्डे, विकास गिरी, प्रशान्त भण्डारी, सुवास भट्टराई, कुमार राई लगायत रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.