श्रष्टा भट्टराईका दुई कृतिको एकैसाथ बिमोचन

दमक ,७ भदौं । दमकमा साहित्यकार शान्तप्रसाद भट्टराईका दुई कृतिको एकैसाथ बिमोचन गरिएको छ । साहित्य कला संगमले १६०ओैं मोती जयन्तीका अवसर पारेर दमकमा आयोजित साहित्यीक कार्यक्रममा श्रष्टा भट्टराईका ‘त्रिरत्न ज्ञान मञ्च ’धार्मिक संग्रह र ‘दृष्टि एक सिर्जना अनेक’’ गरि दुई कृति एकैसाथ विमोचन गरिएको हो ।

ती कृतिहरुको प्राध्यापक डा. कमलप्रसाद वस्तीसहित साहित्यकार तथा प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोख्रल,दमक प्रज्ञा परिषदका पूर्व अध्यक्ष हेमनाथ अधिकारी ,साहित्यकला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे,सङ्गमका अध्यक्ष विष्णु न्यौपानेले संयुक्त रुपमा बिमोचन गरेका थिए ।
सोहि कार्यक्रममा बिमोचन भएका कृति त्रिरत्न ज्ञान मञ्चको साहित्यकार हेमनाथ अधिकारी र दृष्टि एक सिर्जना अनेक कृतिको साहित्यकार गोपालप्रसाद दाहालले समिक्षात्मक टिप्पणी गरेका थिए ।

यसैगरि,सोही कार्यक्रममम साहित्य संगम दमकले सञ्चालन गर्दै आएको सिर्जनशिल रचना वाचन कार्यक्रमको ५४ औं श्रृङखला पनि सोहीसम्पन्न भएको छ । दमक –५ स्थित दिपिनी आधारभुत बिद्यालयको सभाहलमा भएको कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यकारहरुले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा साहित्य कला संगमका उपाध्यक्ष यादवप्रसाद अधिकारी ,कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु आचार्य प्रभा, केशव आचार्य, ईन्द्रप्रसाद घिमिरे ,अम्बिकाप्रसाद सापकोटा , बिरेन्द्र खडका ,मेघनाथ बन्धु, बिवेक दुलाल क्षेत्री, गोपाल दाहाल, जीवनहरि शर्मा, किशोर खनाल, डिल्लीराम निरौला,टंक पाठक, यादवप्रसाद नेपाल ,शारदा निरौला ,दिलिप राई सगर ,हिमाल सुब्बा गुराश, रेनुका पोख्रेल,खड्ग बहादुर खड्का, उर्मिला ओली,पुण्यप्रसाद ढकाल रहेका छन् ।

कार्यक्रममा साहित्यकारहरु जीवन हरि शर्मा,मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्रप्रसाद घिमिरे लगायतका श्रष्टाहरुको समेत आतिथ्यता रहेको थियो ।
साहित्यकला सङ्गमका उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शकले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गर्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.