कमलमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

दमक,७ भदौं । मोटरसाइकलको ठक्करबाट झापाको कमल गाउँपालिकामा गएराति एकजना पैदलयात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा न.३ का ८८ बर्षिय टिकाराम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रवार साँझ ७.१५ बजे कमल गाउँपालिका ३ केराधापस्थित भित्री सडकखण्डमा क्याम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका वृद्ध श्रेष्ठलाई ठक्कर दिएको थियो ।
टाउको र दाहिने खुट्टामा चोट लागेका घाइते श्रेष्ठलाई स्थानीय मेडिकल केर्खामा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा राति ११ बजे नै श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले बताए । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कमल -५ बस्ने ५१ वर्षीय मानकुमार सुबेदीलाई नियन्त्रणमा लिएको छ ।.

Leave a Reply

Your email address will not be published.