हाम्रो दमक पाठ्यक्रम तथा पाठ्यपुस्तक सार्वजनिक

दमक ,१६ असार । दमक नगरपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्य पुस्तक सार्वजनिक गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नगरपालिकाले कक्षा १ र २ को पाठ्यपुस्तक सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पाठ्यक्रम कक्षा १ देखि ९ सम्मको रहेको छ ।

पाठ्यपुस्तकसहित पाठ्यक्रमको नगर प्रमुख रामकुमार थापा, शिक्षा समितिका संयोजक तथा दमक ९ का वडाअध्यक्ष कुवेर भट्टराई र पाठ्यक्रम तथा पाठ्पुस्तक निर्माण समितिका संयोजक कृष्ण भण्डारीले पुस्तकहरुको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
पाठयपुस्तक सार्वजनिक गर्दे नगर प्रमुख थापाले दमकको शैक्षिक क्षेत्रको विकासमा यो नयाँ फड्को मारेको बताए । सो क्रममा उनले दमकको शिक्षा विकास र सुधार गर्नकालागि नगरको मात्रै प्रयास र योजनामा साध्य नहुने भन्दै तीनै तहका सरकारले समन्वयकारी भूमिका हुनुपर्ने औल्याए ।

समितिका संयोजक भण्डारीका अनुसार स्थानीय श्रोत, साधन, भाषा, संस्कार, संस्कृति रहनसहन र नगरका ऐतिहाँसिक तथा राष्ट्रिय स्तरमा योगदान गरेका व्यक्तित्वको जीवनी समेत यी पुस्तकमा समेटिएको छ । यसभन्दा अघि प्रकाशनमा रहेका पुस्तकहरुले भुगोल र माटो सुहाउने पाठ्यसामाग्री नभएको भन्दै उनले संविधानले नै स्थानीय भुगोल चिनाउने पाठ्यपुस्तक र पाठ्यक्रम निर्माणकालागी दिएको अधिकार बमोजिम दमकमा पनि तयार गरिएको बताए ।
नगर शिक्षा शाखाका शिक्षा अधिकृत सोम गुरागाईले यही शैक्षिक सत्रदेखि दमकमा निजी तथा सामुदायिक विद्यालयमा यी पुस्तकहरु पठनपाठनकालागि थाल्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.