दमक,१४ असार । यहाँस्थित आमा डेण्टल केयर प्रा.लिले दमक १ स्थित सरल इङलिस बोर्डिङ स्कुलमा सञ्चालन गरेको निशुल्क दन्त शिविरमा सय बढी विद्यार्थीहरु लाभान्दित भएका छन् ।
शुक्रबार स्कूलमा सञ्चालन गरेको दन्त शिविरमा विद्यार्थीसहित उनका अभिभावकहरु गरि १२० जनाले सेवा पाएका हुन् । डेन्टलका सञ्चालक अर्जुन श्रेष्ठका अनुसार शिविरमा सहभागि हुनेलाई थप उपचार गर्नुपरेमा निः शुल्क ओपिडी ,१ हप्तासम्म डिजिटल एक्स–रेमा ५०% छुट र सबै किसिमका दन्त उपचार सेवामा १५% देखि ३०% छुट सुबिधा पाउने छन् ।
शिविरमा डेन्टलकी डा. संगीता बराल र डा. त्रिसला कुमारी चौधरीलगायतको स्वास्थ्यकर्मीहरुले टोलीले प्राविधिक सहयोग पुरयाँएका थिए । दमकको थानारोड र फाल्गुनन्द चौंकमा अवस्थित उक्त डेन्टलले विभिन्न संघसंस्थाहरु, स्थानीय सरकारहरुको सहकार्यमा गरिव तथा विपन्न समुदायलाई लक्षित गरि निशुल्क दन्त शिविर सञ्चालन गरिआएको सञ्चालक श्रेष्ठले बताए । शिविरको स्कूलका प्रिन्सीपल सुरेन्द्र दाहालले उद्घाटन गरेका थिए ।