झापा, ११ असार । नारी सञ्चार गृह झापाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बुधबार बिर्तामोडमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नारी सञ्चार गृह झापाली पत्रकार तथा सञ्चारकर्मी महिलाहरुको साझा संस्थाका रुपमा चिनिन्छ ।
१३ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली चुनिएकी छन् ।
यसैगरि कार्यसमिति सदस्यहरुमा विनिशा शर्मा गौतम, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्दा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का चुनिएकी छन् ।
संस्थाको संस्थापक अध्यक्ष सावित्रा दाहाल हुन् भने त्यसपछि दाहाल, अम्बिका भण्डारी, भीमा शिवाकोटी अध्यक्ष बनेकी थिइन् । हालकी अध्यक्ष रेजिना गौतम थिइन् ।उक्त संस्थाले महिला पत्रकारहरुको पेशागत हकहित संगै क्षमता अभिबृद्धिका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरिआएको छ ।