कांग्रेस दमक सभापति प्रसाइँले चलाएको कार दुर्घटना, सवै शकुसल

पथरी,८ असार । नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँ सवारी दुर्घटनामा परेका छन् । प्रसाईले चलाएको कारलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे बजार सडक खण्डमा आज साँझ मालवहाक ट्रकले ठक्कर दिएको हो ।
ठक्करबाट कारको अगाडीको भागमा क्षति भएको बुझिएको छ । प्रहरीका अनुसार पश्चिम तर्फबाट आउँदै गरेको कारलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मालबहाक ट्रकले ठक्कर दिएको थियो । कारमा तीन जना सवार रहेको भएपनि उनीहरुको नाम खुल्न सकेको छैन् । चालक सभापति प्रसाइँसहित सवै सकुशल रहेको बताइएको छ । प्रसाइँ दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)का पति हुन् । दुर्घटनाको खबर पाए लगत्तै उपप्रमुख भट्टराई घटनास्थल पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.