एयर पेस्तोलसहित भारतीय नागरिक पक्राउ

झापा,८ असार । मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट हतियारसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत वेष्टबंगाल सिलिगुढी घर भएका ३५ ‍वर्षीय जयप्रकाश कुमार पाठकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले म्यागेजिन सहितको एयर पेस्तोल १ थान, एयर बुलेट ५ राउन्ड र खुकुरी २ थान फेला परेको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले डब्लूबी ७० जी ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.