गोलिया काट्ने क्रममा लाप्चाको ज्यान गयो

इलाम, २१ जेठ । गोलिया काट्ने क्रममा रुखको हाँगाले लागेर इलामको सूूर्योदय नगरपालिका–७ सिङ्गाममा एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका सूूर्योदय–८ का २६ वर्षीय निरोज लाप्चा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
व्यापारका लागि खरिद गरी रुख काट्ने क्रममा रुख लड्दा हाँगाले लागेर घटनास्थलमै लाप्चाको मृत्यु भएको बताइएको छ । अहिले मृतकको शव इलाका प्रहरी कार्यालय पशुुपतिनगर लगिएको छ । पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.