दमक,८ जेठ । साहित्य कला संगम दमकले नियमित रुपमा सञ्चालन गरिआएको सिर्जनशिल रचना वाचन कार्यक्रमको ५१ औं श्रृङखला पूरा गरेको छ । संस्थाको आफनै कार्यालयमा आयोजित एक कार्यक्रमका बीच आज ५१ औें श्रृङखला रचना वाचन गरेको हो । सोहि कार्यक्रमका अवसरमा भाषाशास्त्री महानन्द सापकोटाको १ सय ३० औं जन्मजयन्ती पनि मनाइएको थियो ।
रचना वाचन कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यकारहरुले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा साहित्य कला संगमका अध्यक्ष विष्णु न्यौपाने ,उपाध्यक्षहरु यादवप्रसाद अधिकारी र दुर्गा काफ्ले,कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु अम्बिका प्रसाद सापकोटा , बिरेन्द्र खडका , डा. लेखनाथ न्यौपाने, रामकुमार उपाध्याय,बिवेक दुलाल क्षेत्री, गोपाल दाहाल, भगवती दवाडी, किशोर खनाल,पदमप्रसाद ओली ,टंक पाठक , नारायण शर्मा फुयल, शान्त प्रसाद भट्टराई,खड्गबहादुर खड्का, यादवप्रसाद नेपाल रहेका छन ।
साहित्यकला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रतिभा निकेतनका अध्यक्ष कमलप्रसाद भट्टराई,साहित्यकारहरु जीवनहरि शर्मा,जयनारायण भट्टराई, देवीप्रसाद गौतमको बिशिष्ठ आतिथ्यता रहेको थियो ।कार्यक्रममा सङगमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोले र साहित्यकार अम्बिकाप्रसाद सापकोटाले भाषाशास्त्री महानन्द सापकोटाको बारेमा चर्चा गरेका थिए । त्यस्तै, प्रमुख अतिथि, बिशिष्ट अतिथिहरुले समेत महान्द सापकोटाको बारेमा चर्चा गर्नुका साथै रचना वाचन गरेका थिए । कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन संगमका सदस्य बीरेन्द्र खड्काले गरेका थिए ।