कमलमा सञ्चालित अध्यक्षकप बुद्धिचालको उपाधि सिग्देललाई

कमल,५ जेठ । झापाको कमल गाउँपालिका- ५ मंगलवारेमा सञ्चालित पालिकास्तरिय अध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता २०८२ को उपाधि कृष्णप्रसाद सिग्देलले जितेका छन् ।
मंगलवारेस्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको सभाहलमा मंगलवार सम्पन्न बुद्धिचाल प्रतियोगितामा कमल -१ निवासी सिग्देलले उपाधिसंगै नगद तथा प्रमाणपत्रबाट पुरस्कृत भए ।
यसैगरि, कमल -४ का बिक्रम जीत लिम्बू दोश्रो र सोहि वडाकै क्षितिज लिम्बू तेश्रो बने । उनीहरुलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई ,कमल -६ का वडाअध्यक्ष नरेन्द्र भटटराई, रेडक्रस लखनपुर उपशाखाका सभापति चन्द्र साह लगायतले विजेता,उपविजेताहरुलाई नगद,ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कमल गाउँपालिका बुद्धिचाल संघले आयोजना गरेको एक दिवसीय प्रतियोगितामा कमलका ७ वटै वडाका बुद्धिचाल खेलाडीहरुले सहभागिता जनाएका अध्यक्ष दीपककुमार दंगालले बताए ।
कमल गाउँपालिकाको आर्थिक सहयोगमा भएको सो प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला बुद्धिचाल संघले प्राविधिक सहयोग पुरयाँएको थियो ।

 

Leave a Reply

Your email address will not be published.