शुशीलाको जीवन बचाईदिन राजवंशी परिवारको याचना

धरमपुर ,२४ बैशाख । जिल्लाको शिवसताक्षी–१ धरमपुरस्थित शुक्रबारे बजारकी सुशिला राजवंशीले आफनो जीवन बचाईदिन सहयोगको याचना गरेकी छन् ।स्वास्थ्यमा जटिल समस्याले च्यापेपछि सुशीलालाई विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार गर्न रकम नभएपछि आफनो परिवार समस्यामा परेको पीडित राजवंशी परिवारको भनाई छ ।

पीडितकी श्रीमान बिनोद राजवंशीका अनुसार शुसीलालाई पित्तथैलीमा समस्या भएपछि बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालले केही दिन उपचार गरी विराटनगर रेफर गरेको उनका श्रीमान राजवंशीले बताए । उनका अनुसार सुशिलाको पाँच वर्षमा ५ ओटा अपरेशन गरिसकिएको छ । विराटनगरमा पित्तथैलीको अपरेशन गरिएको थियो ।

त्यसपछि, सुशीलालाई हर्निया र आन्द्रामा समस्या देखिएको थियो । त्यहाँ, हर्निया र आन्द्राको अपरेशन गरियो । अपरेशन गरिएको स्थानमा इनफेक्सन भएर डाक्टरले पुनः अपरेशन गरिदिएका थिए । गएको वर्ष मात्रै पेटमा राखिएको जाली फुटेर फेरी अपरेशन गर्नु परेको श्रीमान् विनोदले बताए ।
पटक पटकको अप्रेशनले सुशीलाको ज्यान कमजोर मात्र नभएर घरायसी आर्थिक अवस्थाले झनै पिडीत बनायो । हाल इन्फेक्सन हुने डरले डाक्टरले जाली राखिदिएका छैनन् भने, घाउ पुरा सिलाइएको पनि छैन । दिनहुँ डे«सिक गर्दै आएको श्रीमानले बताए । उनका अनुसार अपरेशन गरिएको घाउ थाकेपछि जालि राख्नका लागि फेरी अपरेशन गर्नु पर्ने डाक्टरले सुझाएका छन् ।

उपचारका लागि १८ लाख खर्च भइसकेको र हालसम्म ऋण गरेर उपचार गरिएको उनका श्रीमान बिनोदको भनाई छ । अब थप उपचार गर्न रकम नभएपछि सहयोगका लागि अपिल गर्नु परेको उनकी आमा नयन राजवंशीले बताइन् ।छोरीलाई बचाई दिन विलौना गर्दै नयनले उपचार गर्न चाहिने रकम आफूहरुसंग नभएपछि सवैसंग गुहार माग्नु परेको बताउँछिन् ।

४१ वर्षिया सुशिलाकी एक छोरा र एक छोरी छन् । उनका श्रीमान बिनोद सवारी चालक हुन् । बिनोदकै कमाइले परिवारको हातमुख जोडिएको थियो तर हाल, श्रीमतीको उपचारमा जुट्नुपर्ने बाध्यताले बिनोदको कमाई पनि बन्द भएको छ ।यसैवीच, पीडित शुसीलाको जीवन बचाउन स्थानीयले सहयोगका लागि अभियान शुरु गरिएको स्थानीय समाजसेवी दुर्गा नेम्वाङ्गले बताए ।
उनै, सामाजिक अगुवा नेम्बाङको अगुवाईमा सुशीलाको उपचारमा आर्थिक सहयोथ जुटाउने अभियान सञ्चालन गरिएको छ । नेम्बाङले देश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसंग सहयोगका लागि अपिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.