पुरातात्विक सामग्री प्रदर्शन गर्दै युमा सङ्ग्रहालय

तेह्थुम, २० बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित चोलुङपार्कमा निर्माण गरिएको युमा सङ्ग्रहालय ऐतिहासिक तथा पुरातात्त्विक वस्तु सङ्कलन गरी बढाउन थालिएको छ ।सङ्ग्रहालयमा मानव जीवनमा जन्मदेखि मृत्यृसम्म प्रयोग गरिने वस्तु सङ्कलन गरी सङ्ग्रहित गर्न थालिएको हो ।

सङ्ग्रहालयमा लिम्बू समुदायसँग सम्बन्धित पुरातात्त्विक सामग्री राखिएका छन् । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित तिनजुरे, मिल्के र जलजले क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको वसन्तपुर बजारनजिकै निर्माण गरिएको सङ्ग्रहालयले पर्यटन प्रवर्धनमा समेत टेवा पु–याएको छ । यो सङ्ग्रहालय आदिम सभ्यताको रूप रहेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङको भनाइ छ । उनले भने, “यहाँ राखिएका सामग्री अरू कुनै पनि ठाउँमा राखिएका छैनन् ।”

सङ्ग्रहालयमा गोर्खाली फौज र लिम्बुवानबिच लडाइँ हुँदाका समयमा प्रयोग गरिएका हातहतियार, लिम्बू समुदायका पूर्वजले प्रयोग गरेको वेशभूषा राखिएका छन् । त्यस्तै मावन जीवनमा प्रत्यक्ष रूपमा आवश्यक हुने पुरातात्त्विक तथा ऐतिहासिक बहुमूल्य सामग्री सङ्ग्रहालयमा सङ्कलन भइरहेका छन् ।

सङ्ग्रहालय निर्माणले इतिहासलाई जीवन्त राखेको सङ्ग्रहालय अवलोकनमा पुगेका पर्यटक महेन्द्र मादेनले बताए । उनले भने, “यो सङ्ग्रहालयले यहाँको इतिहास जीवन्त राखेको छ ।”

 

Leave a Reply

Your email address will not be published.