दमकमा जारी आदिवासी जनजाति महोत्सव थपियो

दमक, १ बैशाख । दमकमा जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सव पाँच दिन थपिएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदको आयोजनामा गत चैत २१ गतेदेखि शुरु भएको महोत्सव बैशाख ५ गतेसम्मको समय थपिएको हो । यसअघि महोत्सव आज बैशाख १ गतेसम्म अनुमति पाएको थियो ।

महोत्सवमा केहिदिन अघि बर्षातका कारण दुई दिन पूरै प्रभावित हुन पुगेकाले व्यापारिक गतिविधि थप चलायमान बनाउन चार दिनका लागि महोत्सव थपिएको महासंघकी सचिव समुन्द्रा लामाले बताईन् । उनले जिल्ला प्रशासन कार्यालयबाट महोत्सव थपको अनुमति पाएको बताएकी छन् ।

दमक -७ सयपत्री टोलमा सञ्चालित यस महोत्सव दोश्रो संस्करण हो । यसअघि २०६८ सालमा महासंघले पहिलोपटक अदिवासी जनजाति महोत्सव लगाएको थियो ।
महासंघले महोत्सवबाट प्राप्त हुने आम्दानी दमक ८ मा आदिवासी संग्रहालय निर्माणमा खर्च गर्ने लक्ष्य लिएको अध्यक्ष अम्बर बहादुर कुमालले बताए ।महोत्सवमा सांस्कृतिक नृत्यसहित साँझपख राष्ट्रिय कलाकारहरुको प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरिआएको कोषाध्यक्ष ओममाया आङदेम्बेले बताईन् ।

Leave a Reply

Your email address will not be published.