दुर्लभ रक्तदाता साह सम्मानित

दमक,१ बैशाख । सडक दुर्घटना ,रक्तदान लगायतका सामाजिक कार्यमा सक्रिय संस्था जीवन चक्र समाज नेपालले दमकका एक जना दुर्लभ रक्तदातालाई सम्मान गरेको छ ।
नव वर्ष २०८२ को अवसर पारेर संस्थाले आज ओ नेगेटिभ ब्लड ग्रुप भएका अग्रज व्यवसायी विष्णु साहलाई सम्मान गरिएको हो ।रक्तदान कार्यमा पुरयाँउदै आएका अतुलनीय योगदान प्रति सम्मान जनाउदै समाजका अध्यक्ष गणेश प्रसाद गौतमसहितको टोलीले रक्तदाता साहलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् । साहले ८६ औं पटक रक्तदान गरिसकेका छन् ।

संक्षिप्त सम्मान पत्र हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष बेनुराज प्रसाई ,सचिव गणेश प्रधान, कोषाध्यक्ष बिदुर भण्डारी , अनुशासन समितिका संयोजक बासुदेव काफ्ले, नाट्यकर्मी सिजन दाहाल, सामाजिक व्यक्तित्व वीरेन्द्र श्रेष्ठ स्वरोजगारका हलुका सवारी अध्यक्ष बालकृष्ण श्रेष्ठ शिक्षक प्रकाश भण्डारी,नेकपा एमाले नगर सचिव गिरेन्द्र चम्लागाई ,रेडक्रसकर्मी बिनोद अधिकारी लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना साटासाट गर्दै सम्मानित रक्तदाता साहले संस्थाले सम्मान प्रदान गरेर कर्म प्रति लागिरहन प्रेरणा दिएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.