बिष्णुकठ्ठामा स्वास्थ्य शिविर, ४१२ जनाले पाए सेवा

कमल,२८ चैत । जिल्लाको कमल गाउँपालिकास्थित कमल नगर अस्पतालले बिहिबार कमल -७ बिष्णुकठ्ठामा रहेको सिंहदेवी आधारभूत विद्यालयमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले सेवा पाएका छन् ।
अस्पतालले आफनो दोश्रो बार्षिकोत्सवका अवसरमा आयोजित शिविरमा जेनेरल फिजिसियन ,स्त्रीरोग, हाडजोर्नी, आखाँ तथा दन्त सम्बन्धी ४१२ जना सेवाग्राहीले विशेषज्ञ स्वास्थ्य परीक्षण,औषधी समेत वितरण गरिएको हो ।

शिविरको गाउँपालिकाका अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरे ।शिविरको उद्घाटनका क्रममा उनले कमलबासीलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलव्ध गराउन स्थानीय सरकार प्रतिवद्ध भएको बताए ।सोहि अवसरमा पालिकाले कमल -६ र ७ का अपाङ्गता भएका लभाग्राहीलाई विभिन्न सहायक सामाग्रीहरु वितरण गरेका थिए ।
शिविरमा आम्दा अस्पताल दमक, आमा डेन्टल क्लिनिक दमक, मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोग तथा नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज र नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा शिविर सम्पन्न भएको थियो ।धरानको हात्तीसार क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पोषण तथा आहार सम्बन्धी स्वास्थ्य जाँचतर्फ १३१ जनाले सेवा पाएका थिए ।

कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालका अनुसार शिविरमा फिजिसियन सेवा तथा हाजोर्नी तर्फ १०४ जना, आँखा परीक्षणतर्फ २१२ , दन्त परीक्षणतर्फ ८८ जना, स्त्री रोगसहित महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ तर्फ २७ जनाले सेवा पाएका छन् । शिविरमा आम्दा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. राजु साह, हाडजोर्नी विशेषज्ञ डा. अरुण साह, मेडिकल अफिसरहरु डा. नारायण नेपाल, डा. राजेश सिंह, आमा डेन्टलका डा. संगीता बराल, मेची आखाँका बरिष्ठ नेत्र अधिकृत होमप्रसाद धितालसहितको स्वास्थ्यकर्मीहरुले प्राविधिक सहयोग पुरयाँएका थिए । सोहि शिविरमा आँखा जाँच गरेका मध्ये १८ जनामा मोतिया विन्दु देखिएका र विहिबारनै ५ जनालाई शल्यक्रियाका लागि पठाईएको अस्पतालका कार्यालय प्रमुख दाहालले बताए ।

शिविरमा आवश्यक औषधिहरूको व्यवस्थापन नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन र समाजसेवी जीवन सापकोटाले सहयोग पुरयाँएका थिए ।
शिविरमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने, कमल ७ का वडाअध्यक्ष पृथीपति राई, सिंहदेवी स्कूल व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राई,रेडक्रस सभापति चन्द्र साह ,सचिव पारष मणि राई, स्वास्थ्य शाखा प्रमुख बिमल थापा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.