झापा ,२७ चैत । किरात याक्थुङ चुम्लुङ झापाको बिर्तामोड -१ मा हालै मात्र पूर्ननिर्माण गरिएको जिल्ला कार्यालय भवन (हिम) । भवन पूर्ननिर्माण गर्न विर्तामोड नगरपालिकाको रु ४ लाख र चुम्लुङले संकलन गरेको सहयोग गरि थप ६ लाख ५० हजारको लागतमा रंगरोगन,संरचना मर्मत संभार लगायतका काम गरि भवन पूर्ननिर्माण गरिएको हो । भवन पूर्ननिर्माण गर्न चुम्लुङ झापाका सदस्य धर्म लक्सम्बाको संयोजकत्वमा निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।