पथरीमा बुद्धिचालसहित प्रकाश राई मेमोरियल ब्लिच रेटिङ चेस टुर्नामेन्ट सुरु

पथरी शनिश्चरे, २७ चैत्र । मोरङको पथरी शनिश्चरेमा शहिद रत्न कुमार बान्तवा ४ औं राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता तथा ५ औं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल ब्लिच रेटिङ चेस टुर्नामेन्ट –२०८१ सुरु भएको छ ।

ती दुवै प्रतियोगिताको आज एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले बालखेलाडी सेम्रिला राईसित चेसको गोटी चालेर विधिवत उद्घाटन गरे ।
आगामी ४ दिन सम्म दुवै प्रतियोगिता संगसगै सञ्चालन हुने आयोजक फ्रेण्डसीप बुद्धिचाल क्लबका सचिव लोक सागर साम्बाले बताए ।
उक्त प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल, पूर्व राष्ट्रिय च्याम्पियनहरू क्रमशः बद्रीलाल नेपाली, नवीन टण्डुकार , राजन सुवेदी पुरुषोत्तम चौलागाईं लगायतका राष्ट्रिय खेलाडीहरू सहितले सहभागिता जनाएका छन्।

उक्त कार्यक्रममा ५ औं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिड व्लिज चेस टुर्नामेन्टका लागि शैक्षिक अभियान्ता प्रदीप कुमार राईले आवश्यक रकम आगामी वर्षहरूमा पनि सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका थिए ।
फ्रेण्डसीप बुद्धिचाल क्लबका अध्यक्ष अमीर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटनमा क्लवका उपाध्यक्ष अर्जुन जम्नेली राईले स्वागत मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.