छालासम्बन्धी रोगमा होमियोप्याथिक उपचार

-डा. लेखनाथ न्यौपाने
बाहिरी वातावरणसँग सिधै सम्पर्कमा आउँने शरीरको छालाले विभिन्न रोगहरुको सामना गर्नु पर्दछ । विश्वको तापक्रम र भूबनोटका आधारमा हामी बस्ने स्थानहरु धेरै गर्मी, सामान्य गर्मी, चिसो र अति चिसो हुन्छ । विश्वमा मानिस यी सबै प्रकारका वातावरणमा बसोबास गर्छन । बसाइ र हावापानीका कारण अनि पेशा र व्यवसायको असरले पनि धेरै प्रकारका रोगहरु छालामा देखा पर्छन । हरेक प्रकारका छालाका रोगले भिन्नै प्रकारका लक्षण र चिन्ह बोकेका हुन्छन् । यिनै लक्षण र चिन्हका आधारमा उपचार गरिन्छ । विशेष गरेर होमियोप्याथिक चिकित्सामा त रोगको नभएर रोगीको उपचार गरिने भएकाले रोगीका सम्पूर्ण लक्षण, चिन्ह अनि पर्सनालिटी बुझेर औषधी दिइन्छ । यसरी उपचार गर्दा रोगीमा भएका अन्य रोग पनि जाति हुन्छन् र औषधीको कुप्रभाव पनि हुँदैन ।

शरीरमा जस्तै छालामा पनि मुख्य गरेर सर्ने र नसर्नै गरि दुई प्रकारका रोगहरु देख्न पाइन्छ । सर्ने रोगहरु वतावरण, संगत र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका कारणले देखिने गर्छन । गाउँ या समाजमा फैलिएको संंक्रामक रोगका कारण एउटै प्रकृतिको समस्या धेरैमा देख्न सकिन्छ जस्तै दादुरा, ठेउला, मंकीपक्स, आदि आदि । यस्ता संक्रमणमा हरेक जसोले एकै प्रकृतिका लक्षण र चिन्ह देखाउँछन् । होमियोप्याथिक सिद्धान्त अनुसार यदि धेरै जनामा एकै प्रकृतिका लक्षण र चिन्ह छन भने औषधि पनि एउटै हुन सक्छ । तर यदि हरेकमा लक्षण फरक छन् भने औषधि पनि फरक फरक हुन्छन् । यसरी नै सरुवा तर विस्तारै लक्षण र चिह् देखाउँने जस्तै कुष्ट रोग, हातीपाइले जस्ता रोगमा शारीरिक बनावट र व्याक्तिका स्वभावअनुसार फरक फरक औषधि दिइन्छ ।

नसर्ने छालाका रोगहरु भने विभिन्न पेशा व्यवसाय, आहार, औषधिको अत्यधिक प्रयोग, पोशाक, परप्mुमजस्ता कारणबाट र कसैकसैमा वंशानुगत रोगका कारण छालामा अनेक प्रकृतिका रोगहरु देखन सकिन्छ । उदारणमा सोरिएसिस, दाद(एग्जिमा), एलर्जी, ल्युकोडर्मा, सेबोरोरिक डर्माटाइीटस, हेयर फल, छालाको क्यान्सरजस्ता विभिन्न रोगहरु देख्न सकिन्छ । यस्ता रोगहरुको सफल उपचार छ होमियोप्याथिकमा । तर यो चिकित्सालाई जनजनसम्म पुर्याउँन र प्राथमिकताका साँथ उपयोगमा ल्याउँन सरकार र सरोकारवालाले ध्यान दिनु जरुरी छ । राम्रो कुरा त के छ भने जहाँ अब कुनै उपचारको बाटो छैन भनेर विरामीलाई विदा दिइन्छ त्यहाँ पनि यो चिकित्साको राम्रो स्कोप छ । होमियोप्याथिक चिकित्सामा कुन रोग कुन औषधि भन्ने हुँदैन शरीरमा देखिएका छालासम्बन्धीका या जुनसुकै रोगमा लक्षण र चिन्हका आधारमा औषधि दिइने हुँदा रोग होइन रोगी व्याक्तिलाई जानेर मात्र औषधि दिइन्छ । त्यसैले तल केहि औषधि र तिनका लक्षणकाबारेमा छोटो चर्चा गरिएको छ ।

शरीरमा जस्तै छालामा पनि मुख्य गरेर सर्ने र नसर्नै गरि दुई प्रकारका रोगहरु देख्न पाइन्छ । सर्ने रोगहरु वतावरण, संगत र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका कारणले देखिने गर्छन । गाउँ या समाजमा फैलिएको संंक्रामक रोगका कारण एउटै प्रकृतिको समस्या धेरैमा देख्न सकिन्छ जस्तै दादुरा, ठेउला, मंकीपक्स, आदि आदि । यस्ता संक्रमणमा हरेक जसोले एकै प्रकृतिका लक्षण र चिन्ह देखाउँछन् । होमियोप्याथिक सिद्धान्त अनुसार यदि धेरै जनामा एकै प्रकृतिका लक्षण र चिन्ह छन भने औषधि पनि एउटै हुन सक्छ । तर यदि हरेकमा लक्षण फरक छन् भने औषधि पनि फरक फरक हुन्छन् । यसरी नै सरुवा तर विस्तारै लक्षण र चिह् देखाउँने जस्तै कुष्ट रोग, हातीपाइले जस्ता रोगमा शारीरिक बनावट र व्याक्तिका स्वभावअनुसार फरक फरक औषधि दिइन्छ ।

…………………………………………………………………………………………………..

टिटानस टक्साइडमा हाइपेरिकम र लिडम पलाको उपयोग :  विश्वमा धेरै मानिसहरु आज पनि टिटानसका कारण मरिरहेका छन् । समयमै टिटानस विरुद्धको सुई नलगाएका कारण, घाउँको उपचार राम्रो नभएका कारण र लगाईने एन्टी टिटानस सुईको क्षमता कमजोर भएको अवस्थामा पनि टिटानस जिवाणुलाई नष्ट गर्न नसके विस्तारै यसले शरीरमा प्रभाव देखाउँन थाल्छ । हरेक अवस्था र ठाउँमा यो सुई नहुन सक्छ तर यदि होमियोप्याथिक औषधि हाइपेरिकमको केहि थोपा र लिडम पालको केहि थोपा अल्टरनेट गरेर जिब्रामा राख्न पाए र केलेन्डुला मदर टिन्चर घाउमा लगाउँन पाए धेरै असहज र ठूला भनिएका चोट र घाउँ पनि चाडै निको हुन्छन् । विभिन्न प्रकारका शल्यक्रियापछि शरीरका विभिन्न भाग त्यसमा पनि नसा टुङगिने ठाउँ जस्तै हात र खुट्टाका औला, या अन्य ठाउँमा झमझमाउँने, नसा दुखेको महशुस हुँने, पैताला पोलेमा लक्षणअनुसार हाइपेरिकम र लिडमपालको सेवनले अत्यन्तै राम्रो रिजल्ट दिन्छ ।

सल्फर : किङ अफ स्कीन डिजिज भनेर पनि चिनिने औषधि सल्फरले धेरै प्रकारका छालसम्बन्धि रोग र रोगीलाई निको पार्छ । घाउ अनि शरीर नै फोहोरी जस्तो देखिने, सुख्खाा छाला, गनाउँने प्रकृतिको शरीर र डिस्चार्ज, अत्यधिक चिलाउँने, बेलुकातिर र राती धेरै चिलाउँने, ओछेनको तातोले धेरै चिलाउँने, पानीको प्रयोग या नुहाएपछि धरै चिलाउँने, ठाउँ ठाउँमा रातो(कन्जेसन) देखिने र पोल्ने, छालाका घाउँ खटिरा मलम या लोसन लगाएर दबाइएको इतिहास भएमा, छालाको रोग पटक पटक बल्जिएमा, जति कन्यायो मजा लाग्ने तर धेरै कन्याएर रगत आउँनेजस्ता लक्षण भएमा साथमा गुलियो धेरै मन पराउँने, धेरै बोल्ने, नुहाउँन नरुचाउँने, पातलो, देब्लो तर धेरै भोक लाग्ने र धेरैजसो कब्जियत भएकाहरुलाई उपयोगी औषधि हो सल्फर । यसको ३० या २०० पावरमा २ डोज दिएर रिजल्ट पर्खिनु पर्छ ।

ग्रेफाइटिस :  छालाको रोग मुख्य गरेर इरुप्सन र डिस्चार्ज दबिएको अवस्था पाइएमा, धेरै चिलाएमा, छाला फोहारी, सुख्खा(ड्राई),फुटेको, च्यातिएको, डिस्चार्ज पातलो टासिने, चिप्लो, चिसोले या चिसोमा समया वढने, तातोले आराम हुँने, जाडो मौषममा छाला रोग देखिएमा, छाला बाक्लो भएर जाने, मुख्य गरेर छाला खुम्चिने ठाउँ(फोल्ड) जस्तै घुडा, कुइनो, कानको पछाडी, हात र पैताला चिलाउने, फुटने, जाडामा धेरै फुटने, चिलाउँने गरेमा, पुरानो दाग या खत पुनः बल्जिएमा, घाउबाट सजिलै रगत बगेमा, मोटो, चिसो धेरै लाग्ने, हात, पैताला र एडी फुटने, चिलाउँने र कब्जियत भइरहने त्यसामा पनि महिलामा धेरै उपयोगी औषधि हो ग्रेफाइीटस । यसरी नै पुरानो या नयाँ कान पाक्ने समस्या र माथिक लक्षण देखिएमा पनि उपयोगी हुन्छ । ३० या २०० पावरमा २ डोज दिएर रिजल्ट पर्खिनु पर्छ ।

पेट्रोलियम : सुख्खा, फुस्रो र कडा छाला, अनि फुटने र च्यातिने, प्रकृतिका विरामीमा उपयोगी औषधि हो ग्रेफाइटिस । खुट्टाका एडी र हात फुटने, चिलाउँने, दाद, गलेनी च्यातिएर रगत बग्ने, महिलाका स्तनको निप्पल, फुटने, चिलाउँने, रगत बग्ने, छाला धेरै चिलाउँने र कन्याएका कारण रगत आउँने, छाला छुदा चिसो महशुस हुँने, कपाल लगायत अन्य स्थानमा पनि चिलाउँने, पाप्रा बनिने गर्छ । विशेष गरेर जाडो मौषममा धेरै समस्या देखिएमा पेट्रोलियम ३० या २०० पावरमा केहि डोज दिएर प्रतिक्षा गर्नुपर्छ ।

आर्सेनिकम एल्बम : सुख्खा, खस्रो, फोहारी जस्तो देखिने छाला, अत्यन्तै चिलाउँने र पोल्ने तर तातोको सेकले आराम दिने मुख्य लक्षण हो आर्सेनिकको । अल्सर होस या ग्याङग्रिन(सडेको घाउ),सोरिएसिस या अन्य छालाको रोग साथमा छाला या घाउँ निलो, कालो देखिने, अत्यन्तै पोल्ने, चिलाउँने, गन्दा देखिने, गनाउँने स्राव बग्ने, सोरिएसिस या छालाको रोग र अन्य रोग पालै पालो देखिन सक्ने जस्ता लक्षण देखिएमा आर्सेनिक ३० या २०० पावरमा केहि डोज दिएर रिजल्ट पर्खिनु पर्छ ।

डन्डिफोर र चायापोतो : युवा युवतीमा आम समस्या हो डन्डिफोर । यो समस्या निको पार्न ठूलो धनरासी खर्च भइरहेको हुन्छ । कसैले पनि चाहदैन अनुहारमा डण्डीफोर या चाया पोतो होस त्यसैले हरेकले यसको राम्रो उपचार खोजे र गरे पनि सन्तोसजनक उपचार नपाएको पाइन्छ । होमियोप्याथिकका मिठा गोलीले डण्डीफोर, चायापोतो गायब गराउँछ । मात्र विस्वास र होमियो चिकित्सकको सल्लाहमा केहि हप्ता औषधि सवन गरे पुन्छ ।

डण्डीफोर होस या चाया पोतो विशेष गरेर रसराग(हर्मोन)मा आउँने गडबडीका कारण देखा पर्छ । अझ डण्डीफोर त बिल्कुलै हर्मोनको परिवर्तन र आजको लाईफस्टाइलका कारण देखिने गर्छ । आजको भागदौडको जीवन, फारुटफुडको बडदो प्रयोग, कस्मेटिकको वढदो प्रयोग, निद्रको कमि अथवा राती अबेर सुत्ने बानी, अनावश्यक चिन्ता र तनाव, पानीको कमी महिलामा महिनामारी नियमित नहुनुजस्ता कारणले शरीरमा हर्मोनको इम्ब्यालेन्स सुरु हुन्छ जसको परिणाम डण्डिफोर या चायापोतो ।

काली ब्रोम :  मुख्य गरेर इमोसन दबेका कारण अथवा चाहेको कुरा पुरा नभएकोले होस या धेरै हस्तमैथुन या अत्यधिक यौन सम्पर्कका कारण मंसपेशी कमजोर हुँने, यौन शक्ति हराएर जाने, मुटुको गति कम भएर जाने जस्तै अनुहारमा डण्डिफोर आउँने गर्छ । मेमोरी कमजोर हुनु, विर्सिनु,, राम्रो र जानेको कम पनि गर्न नसक्नु(ब्रेन प्mयाग) यसका लक्षण हुन । यस्तो लक्षण भएका विरामीमा अनुहारमा डण्डिीफोर या पोतो आएमा ३० या २०० पावरमा केहि डोज काली ब्रोम दिएर रिजल्ट पर्खिनु पर्छ ।

नेट्रम म्युर : दुःख, पिडा, क्रोध, डर, अत्यधिक यौनसम्पर्क या हस्त मैथुनका कारण अनुहार सुख्ख, पहेलो देखिएमा र डण्डीफोर या पोतो देखिएमा नेट्रम म्युर उपयोगी हुन्छ । धेरै तिर्खा लाग्ने, नुनिलो खानेकुरा मन पराउँने, धेरै रिसाउँने प्रकृतिका मानिसमा यो औषधिको ३० या २०० पोटेन्सिमा केहि डोज दिएर रिजल्ट पर्खिनु पर्छ ।

सिपिया : अनुहारमा पोतो देखिने, निरास र नकारात्मक सोच भएका, दुब्ला पातला विशेष गरेर महिलामा उपयोगी औषधि हो सिपिया । परिवारका सदस्यलाई पनि विस्वास नगर्ने, अमिलो पिरो मन पराउँने स्वभाव हुन्छ । ३० या २०० पोटेन्सिमा केहि डोज दिएर रिजल्ट पर्खिनु पर्छ ।

बेलाडोना : अनुहारमा राता, दुख्ने दाना(डण्डीफोर) आउँछन् । छुदा धेरै दुख्ने, हुन्छन् ।

आर्निका : एकपछि अर्को गरेर अनुहारमा डण्डीफोर आइरहेमा उपयोगी हुन्छ आर्निका ।

सल्फर : कुनै पनि इन्डिकेटेड औषधिले डण्डीफोर नगएमा या पटकपटक बल्जिएमा उपयोगी औषधि हो सल्फर । ३० या २०० पावरमा २ डोज दिएर रिजल्ट पर्खिनु पर्छ । यसरी नै अन्य धेरै औषधिहरु हुन्छन् यस्ता समस्या सामाधानकालागि । त्यसैले चिकित्सकसँग जचाएर मात्र औषधि लिनु राम्रो हो ।

  (लेखक होमियोप्याथिक चिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.