वंश उत्थानमा खनाल बन्धुको एकतामा जोड

दमक ,४ चैत । खनाल सेवा समिति जिल्ला शाखा झापाले खनाल बन्धुहरुका वीच एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । घृतकौसिक गोत्रिय प्रतिष्ठानले जिल्लाको माईधाममा जिल्ला कार्य समिति,सल्लाहाकार समिति,संरक्षण समिति,स्थानीय तहका खनाल सेवा समितिका पदाधिकारी र सदस्यहरुको वीच अन्तकृया गरेको हो ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य राधाकृष्ण खनालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा खनाल सेवा समिति जिल्ला शाखा झापाका पूर्व अध्यक्ष पुष्पकुमार खनाल,घृतकौशिक गोत्रिय प्रतिष्ठान झापाका अध्यक्ष चन्द्र प्रसाद खनाल,अग्रज ब्यक्तित्व दधिराम खनालको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

खनाल सेवा समिति झापा शाखाका बरिष्ठ उपाध्यक्ष प्रमिला खनाल,उपाध्यक्ष बद्रिप्रसाद खनाल सचिव ओमप्रसाद खनाल,सहसचिब लीलानाथ खनाल,कोषाध्यक्ष मेदनी खनाल, सदस्यहरु जीवन खनाल , मोहन खनाल , अर्जुन खनाल,विष्णु प्रसाद खनाल ,चुडामणी खनाल, महिला मञ्च दमक कि अध्यक्ष हरिमाया खनाल, खनाल सेवा समिति अर्जुनधाराका अध्यक्ष लक्ष्मी प्रसाद खनाल ,कन्काईका अध्यक्ष गोकुल प्रसाद खनाल , हल्दिबारीका अध्यक्ष तथा पुर्व जिल्ला समिति सदस्य लक्ष्मी प्रसाद खनाल ,दमकका सचिव शारदा उपाध्याय खनाल, बुद्धशान्तिका सचिव भीम प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा झापा जिल्लामा रहेका सम्पूर्ण खनालहरुको पारिवारिक बिवरण सहितको पुस्तिका तयार गर्ने , खनाल बन्धु कल्याण कोष स्थापना गर्ने लगायत अन्य बिबिध बिषयहरुमा अन्तरकृया गरिएको थियो ।
साथै खनाल सेवा समिति झापा शाखालाई एक थान टेवल उपलब्ध गराउने दाता बिर्तामोड निवासी गोपाल खनाललाई सम्मान समेत गरिएको थियो ।खनाल सेवा समिति झापा शाखाका अध्यक्ष तेज प्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन खनाल सेवा समिति झापाका सचिव ओमप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.