प्रचण्ड दमक आउने तयारी पूरा

दमक,३० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दमक आउने तयारी लगभग पूरा भएको जनाएको छ ।माओवादी केन्द्र दमकको फागुन ३ गते हुने दोश्रो नगर सम्मेलन समारोहलाई सम्बोधन गर्न उनी दमक आउने र त्यसका सवै तयारी अन्तिम चरणमा रहेको पार्टीले जनाएको छ ।
बुधबार माओवादी केन्द्र दमकले प्रचण्डको दमक आउने कार्यक्रमको बारेमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज रञ्जित तामाङ्ग ,प्रचार समितिका संयोजक तथा पार्टी प्रदेश कमिटीका कोषाध्यक्ष गगन पुरीले जनताका बीच माओवादीलाई जोड्न अभियानका रुपमा पनि अध्यक्ष प्रचण्ड दमक आउने भएको जानकारी दिए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य बीरेन्द्र बस्नेत ,झापा जिल्ला अध्यक्ष राजु आचार्य, दमक अध्यक्ष रवि बस्नेत ,इन्चार्ज बेदु गौतमल लगायतको उपस्थिति रहेको थियो ।
दमकको मुख्य चोकमा पार्टीले आयोजना गर्ने सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । प्रचण्ड दमकमा करिव दुई घण्टा रहने छन् ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेहरुलाई स्वम पार्टी अध्यक्ष प्रचण्डले स्वागत गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा पार्टीका ज्येष्ठ नागरिकहरुलाई अध्यक्ष प्रचण्डले अभिनन्दन गर्ने कार्यक्रम तय भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
यसैगरि, पार्टीले माघ १२ गते झापाको कचनकवलमा शुरु हुने हुलाकी राजमार्ग केन्द्रीत अभियान शुभारम्भ समारोहलाई समेत सम्बोधन गर्न प्रचण्ड झापा आउदै छन् ।

Leave a Reply

Your email address will not be published.