दमक ,९ पुस । झापाको कमल गाउँपालिका वडा न. ५ स्थित गुहेश्वरी टोलका दुई घरमा जंगली हात्तीले आत्रमण गरि क्षति पुरयाँएको छ ।रतुवा माईवृक्षरोपण आयोजनाको वन क्षेत्र नजिकै सो गुहेश्वरी बस्तीमा सोमबार राति हात्ती पसेर नबिन भट्टराईको किराना पसल र टुके निवासी कल्पना लिम्बूले भण्डार गरेको ३ वोरा धान खाएर नष्ट गरेको छ । सो टोलमा हात्तीले केहिदिन देखि लगातार क्षति पुरयाँउदैआएको छ ।
यसैगरि, हात्तीले कमल ५ सावित्रा चौंकका एक पसलमा क्षति गरेको छ । स्थानीय विरवहादुर लिम्बूले चलाउदैआएको पसलमा लगातार दुई दिन राति आएको हात्तीले पसल तोडफोड गरि चापट,चामल लगायतका अन्नपात खाएर क्षति गरेको छ । हात्तीले कमल ३,४ र ५ वडाको जंगल नजिकका वस्तीमा दिनहुँजसो क्षति पुरयाँउदैआएको नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाका सचिव पारषमणि राईले बताएका छन् ।