जनज्योतिका सय विद्यार्थीलाई स्वीटर वितरण

दमक,८ पुस । दमक नगरपालिका–३, गोलाटारमा रहेको जनज्योति आधारभूत विद्यालयमा अध्ययनरत करिव १ सय जना विद्यार्थीहरुलाई सानो प्रयास युवा समाजले जाडोको न्यानो कपडा वितरण गरेको छ ।
सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरिएको हो । संविधानसभा सदस्य दीपक कार्कीको प्रमुख आतिथ्यतामा सञ्चालित सो कार्यक्रममा दमक ३ का वडाअध्यक्ष नवीन बरालको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्लवका अध्यक्ष छवि खतिवडाले सामाजिक उत्तरदायित्वको भावनाले विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको बताए ।
सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यले कोरोना कालमा स्थापना गरिएको उक्त संस्थाले कोभिडका समयमा जनचेतनासहित समस्यामा परेकाहरुलाई खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने काम गरेको थियो।
संस्थाले मासिक रुपमा यस किसिमको सामाजिक कार्य गरिआएको छ । यसअघि सो संस्थाले दमक वडा नम्बर –९ मा अति विपन्न परिवारलाई झुल तथा शैक्षिक सामाग्री वितरण, दमक ४ स्थित कृष्ण आधारभूत विद्यालयमा कापी कलम वितरण, शिवसताक्षीको पाथीभरा आधारभूत विद्यालय मा शैक्षिक सामग्री वितरण गर्नुका साथैं विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको अध्यक्ष खतिवडाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.