बिर्तामोड ७ पुस। किरात याक्थुङ चुम्लुङ् झापा जिल्ला शाखाका जग्गा र भवनका दाता नरेन्द्रबहादुर आङबुहाङको शनिवार ९७ औं जन्मजयन्ती मनाईएको छ ।बिर्तामोड-१ सिरिजंगा नचालु टोलस्थित जिल्ला चुम्लुङमा जिल्ला चुम्लुङ्ले दाता आङबुहाङको जन्मजयन्ती मनाउनुका साथै उनको स्मृतिमा स्थापना गरिएको ‘नरेन्द्र बहादुर–कमलादेवी आङ्बुहाङ् स्मृति साहित्यीक पुरस्कार’बाट कनकाई –७ दुर्गापुर निवासी साहित्यकार दुर्गा नेम्बाङलाई प्रदान गरिएको छ ।
चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षता तथा संघीय सदस्य चन्द्रकला सुब्बाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जिल्ला सदस्य धर्म लक्सम्बाले दाता आङ्बुहाङको जीवनी माथि चर्चा गरे ।
कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, पुरस्कृत व्यक्तित्व नेम्बाङ्, दाताकी कान्छी छोरी पम्फा सुब्बा लगायतकाले आफनो विचार राखेका थिए ।
सो पुरस्कारबाट मरणोपरान्त पुरस्कार (२०७८) बाट नरबहादुर योङहाङ (नवल फाइवाली), सेसेमी सेनाल्वो (२०७९), रचना लावती (२०८०) पुरस्कृत भईसकेका छन् ।
१९८४ साल पुस ६ गते ताप्लेजुङमा जन्मिएका आङ्बुहाङको २०५६ साल कार्तिक २ गते झापाको साविक चारपानेमा ७२ बर्षको उमेरमा निधन भएको थियो ।