कश्यप गोत्रीय अधिकारी बंश प्रतिष्ठान दमकको नयाँ नेतृत्व

दमक ,६ पुस । कश्यप गोत्रीय अधिकारी बंश प्रतिष्ठान दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ ।दमकको राधाकृष्ण मन्दिरमा शनिवार भएको पाँचौं साधारणसभाबाट हरिप्रसाद अधिकारीको अध्यक्षतामा प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको हो ।

सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी ,उपाध्यक्षमा नर्मदा अधिकारी ,सचिवमा युबराज अधिकारी , सहसचिवमा दलबहादुर अधिकारी , कोषाध्यक्षमा ओमप्रसाद अधिकारी र सहकोषाध्यक्षमा कृष्णप्रसाद अधिकारी चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा जंग अधिकारी ,राधा अधिकारी ,चेतनाथ अधिकारी ,गणेश अधिकारी ,पुष्प अधिकारी ,फलिन्द्र अधिकारी ,राजेश अधिकारी, चन्द्र अधिकारी ,सुशिला अधिकारी , देबेन्द्र अधिकारी ,बिष्णु अधिकारी ,हस्तबहादुर अधिकारी र बिनोद अधिकारी चुनिएका छन् ।
यसैगरि, साधारणसभाले गणेशकुमार अधिकारीको संयोजकत्वमा गीता अधिकारी र राजकुमार अधिकारी रहेको तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरिएको थियो । साधारणसभा प्रतिष्ठानका दमक नगर अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.