‘किराया’ कमलको नयाँ नेतृत्व,अध्यक्षमा हरिचन्द्र

दमक,६ पुस । किरात राई यायोक्खा (किराया ) कमल गाउँसमितिको अध्यक्षमा हरिचन्द्र राई अध्यक्षमा चुनिएका छन् । कमल ५ साकेला थानमा शनिवार आयोजित उद्यौलीसहितको तेश्रो गाउँ अधिबेशनको वन्दसत्रले हरिचन्द्रको अध्यक्षतामा ११ सदस्यीय किराया गाउँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मनिका राई,सचिवमा सञ्जु राई, सहसचिवमा नामहाङ राई र कोषाध्यक्षमा देउप्रकाश राई चुनिएका छन् ।यसैगरि, सदस्यहरुमा लोविता ,धनकुमारी,देवी,दिपेन्द्र,टिकाराज, भक्तिप्रसाद राई चुनिएका छन् ।
किराया कमलका अध्यक्ष सन्तोष राईको अध्यक्षता तथा किराया प्रदेश १ का अध्यक्ष पारषमणि राईको प्रमुख आतिथ्यता भएको अधिबेशन उद्घाटनमा केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङ, आदिवासी रंगशालाका महासचिव दिपेनवाला राई, नेपाल आदिवासी जनजाति महासंघ कमलका अध्यक्ष बदी साम्पाङ, किराया झापा जिल्ला सचिव सुसन राई, शिवज्योति सिद्धकिरातेश्वर धामका अध्यक्ष चन्द्रसिंह राई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.