चुलाचुली बोर्डिङमा फूटवल:जुनियरतर्फ पायल र सिनियरतर्फ यूनिस सदन च्याम्पियन

दमक,३ पुस । दमक -१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले अन्तर सदन लिग तथा नकआउट फूटवल प्रतियोगिता सम्पन्न गरेको छ । गत मंसिर २३ गतदेखि शुरु भएको प्रतियोगिता अन्तर्गत आज सम्पन्न प्रतियोगितामा आधारभूत तहतर्फ ६ वटा ,मावितर्फ ६ वटा टिमले सहभागिता जनाएको थियो । खेलमा पहिलो र दोश्रो राउण्ड लिग चरण र तेश्रो तथा चौथो चरणका खेल भने नकआउटमा आधारित खेल खेलाईएको खेल शिक्षक समेत रहेका प्रशासकीय अधिकृत विनोद भण्डारीले बताए ।
स्कूलको आफनै खेल मैदानमा बुधबार भएको फाइनल खेलमा जुनियरतर्फ पायल प्रथा सदन च्याम्पियन भएको थियो । उसले यूनिस भट्टराई सदनलाई शून्यका विरुद्ध २ गोल गरि विजयी भएको हो। जुनियरतर्फ रमन मगर उत्कृष्ठ स्कोरर र  उत्कृष्ठ खेलाडीबाट अपर्ण कुँवर पुरस्कृत भए ।
यसैगरि,सिनियरतर्फ यूनिस भट्टराई सदन च्याम्पियन बन्यो । विजयी टिमले ३ गोल र उपविजेता वनेको प्रिजा सदनले २ गोल फर्काएको थियो । सिनयरतर्फ अनिस वान्तवा राई उत्कृष्ठ स्कोरर घोषित भए ।
प्रतियोगिताका विजेता,उपविजेता टिमलाई स्कूलका संस्थापक निर्देशक मनोज राई, प्रिन्सीपल चन्द्रप्रकाश राईलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
स्कूलले बार्षिक कार्यक्रम अन्तर्गत खेलकुद प्रतियोगिता सञ्चालन गरिआएको छ । यो स्कूल फूटवल खेलतर्फ ५ पटक जिल्ला च्याम्पियन ,दुई पटक प्रदेश च्याम्पियन र एक पटक राष्ट्रिय च्याम्पियन बनेको हो ।
जिल्लाकै एक पूरानो विद्यालयका रुपमा स्थापित सो विद्यालयले गुणस्तरिय शैक्षिक पठनपाठनसहित विभिन्न अतिरिक्त कृयाकलापहरुमा समेत जोड दिदैआएको छ ।

Leave a Reply

Your email address will not be published.