फिदिम, ९ कात्तिक । अरिङ्गालले चिल्दा पाँचथरमा एक जना युवकको ज्यान गएको छ । फिदिम नगरपालिका वडा नम्बर ६ निवासी २६ वर्षीय सुवराज तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार तुम्रोकलाई कात्तिक ७ गते साँझ अरिङ्गालको गोलो झार्ने क्रममा गोलो खनिएर चिलेका थिए । धेरै वटा अरिङ्गालले एकैसाथ शरीरका विभिन्न अङ्गमा चिल्दा गम्भीर बिरामी भएका तुम्रोकलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि सदरमुकाम फिदिम ल्याउन लाग्दा घरैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीलाल साहले जानकारी दिए ।
तुम्रोकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइएको छ ।