डाईनिया -पथरी अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रे हुने

पथरीशनिश्चरे, ५ कार्तिक । पूर्वी मोरङको सुनबर्सी तथा पथरी शनिश्चरे नगरपालिका जोड्ने डाईनिया -पथरी सडक खण्ड अन्तर्गत पहिलो चरणमा डाईनियादेखि करिब तीन किलोमिटर सडकखण्डमा कालोपत्रे हुने भएको छ।
आज सोमबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति समेत रहनुभएका मोरङ्गको निर्वाचन क्षेत्र नं २ का संघीय सांसद् ऋषिकेश पोख्रेल र सुनवर्षी नगरपालिकाका प्रमुख श्याम प्रसाद राजवंशीले संयुक्त रुपमा सो सडकको अनुगमन तथा सर्वेक्षण गरेका छन् ।
सुनबर्षी नगरपालिकाको वडा नम्बर ९ डायनिया चोकदेखि वडा नं ६ को खिर्कीटाँगी चोकसम्म कूल ३३ मिटर लम्बाई, ७ मिटर चौडाई र ५० मिटर मोटाईको सडकमा कालोपत्रे हुने भएको नगर प्रमुख राजवंशीले जानकारी दिए ।
सोका लागि संघीय पूर्वाधार विकासको ३ करोड ६१ लाख र सडक बोर्ड कार्यालयको १ करोड गरी कूल ४ करोड ६१ लाख कुल बजेट विनियोजन भएको छ।
यसै आर्थिक वर्ष२०८१र०८२ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आज सोमबार इन्जिनियरको सामूहिक टोली सहित सडकको क्षेत्रफल लगायतको अनुगमन तथा सर्वेक्षण कार्य गरिएको थियो।
उक्त अनुगमनका क्रममा सुनवर्षी नगर प्रमुख राजवंशी, वडा अध्यक्षहरु वडा नम्बर ३ का वडाध्यक्ष अतन कुमार बुढाथोकी, वडा नम्बर ६ का वडाध्यक्ष कमल कुमार मोक्तान , वडा नम्बर ९ का ध्रुव कुमार सिंह, स्थानीय बुद्धिजीवी समेतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.