दमक,३ कार्तिक । दमकका सामाजिक अगुवा क्याप्टेन बुद्धिबहादुर राई (बिबी ) लाई पत्नीशोक परेको छ । दमक- ५ बिबि मार्केट निवासी उनका ८६ बर्षिया श्रीमती हर्कमाया राईको आज राती घरैमा निधन भएको हो ।
मृतक राई केहि बर्ष यता पक्षघात भई घरमै थलिएकी थिइन् ।
व्रिटीस सैनिकका पूर्व क्याप्टेन राई किरात राई यायोक्खाका पूर्व केन्द्रीय उपाध्यक्ष लगायतका संघसंस्थामा आवद्ध रहेर सामाजिक योगदान पुरयाँउदैआएका छन् । मृतकका एकमात्र सुपुत्र दिवस राई भने व्यवसाय संगै लायन्स क्लव लगायतका सामाजिक संस्थामा रहेर विभिन्न मानवीय तथा परोपकारी क्षेत्रमा योगदान पुरयाँउदैआएका छन् । त्यस्तै, दिवस दमकको हाम्रो सचेतना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष , थकाली किचनका सञ्चालक हुन् ।
मृतक राईको निधन प्रति उनका आफन्त तथा शुभेच्छुकहरुले गहिरो समवेदना प्रकट गरेका छन् ।