दमक, २ कार्तिक । सवारी दुर्घटनामा परेर झापाको बिर्तामोडमा एक भारतीय नागरिकको ज्यान गएको छ ।बिर्तामोड–भद्रपुर सडक खण्डको बिर्ता बजारमा बिहीबार बेलुका भएको दुर्घटनामा परेर भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ सैनिक मोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीको शुक्रवार बिहान उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बनियानीबाट बिर्ता बजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदल यात्री पानवारीलाई ठक्कर दिएर घाइते बनाएको र उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
दुर्घटना गराउने चालक सवारी साधन सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।