झापा , २ कात्तिक । फलामको गेटले किचेर झापाको अर्जुनधारामा जना एक बालकको मृत्यु भएको छ ।गएराति ८ बजे अर्जुनधारा – ६ बस्ने सवनम मस्कराका छोरा २ वर्षीय शिवम् मस्कराको फलामको गेटले किचेर मृत्यु भएको हो । आमा श्रेया अग्रवालसंग सोही ठाउँमा रहेको मामाघर ऋषि अग्रवालकोमा पाहुना आई फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर बालकलाई किचेको थियो ।
घाइते बालकलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज बिहान ६.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सो सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।