राष्ट्रिय उद्धार यात्रा, मंगलबार ६ जना सडकआश्रितहरुकाे उद्धार

दमक ,२९ असाेज । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयाेगापेक्षी सडकआश्रित मानवहरुकाे उद्धार गरिएको छ ।

‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ ।  अाज उद्धार यात्राका क्रममा उद्धार टाेली झापाकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज  दाेस्राे दिन ६ जनाकाे  उद्धार  खि माेरङकाे विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुकाे उद्धार तथा सेवामा खटिएकाे हाे ।

मंगलबार ६ जना सहयाेगापेक्षी  मानवहरुकाे उद्वार भएकाे छ । जसमध्ये झापाकाे दमक नगरपालिकाबाट २ जना, माेरङकाे बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाकाे र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाकाे  उद्धार गरिएकाे हाे । यात्राकाे पहिलाे दिन साेमबार १० जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे थियाे

उद्धार गरिएका सडकअश्रित मानवहरुकाे मानवसेवा अाश्रम विराटनगर सेवाकेन्द्रमा अाज नै गृहप्रवेश गराइएकाे छ । साथै भाेलि बुधबार सुनसरी जिल्लाकाे धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयाेगापेक्षी मानवहरुकाे  उद्धार सेवा रहनेछ ।

Leave a Reply

Your email address will not be published.