पूर्वाञ्चल मन्टेश्वरीमा दशैं विशेष कार्यक्रम

दमक ,२३ असोज । दमक-८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूलले दशैं सम्बन्धी विशेष कार्यक्रम गरेको छ ।स्कूलका विद्यार्थीहरुलाई दशैंमा लगाइने टिकाको महत्व दर्शाउदै दशै विशेष अतिरिक्त कृयाकलापहरु सञ्चालन गरिएको स्कूलकी प्रिन्सीपल सविता पोख्रेल भट्टराईले बताईन् ।
त्यस अवसरमा विद्यार्थीहरुलाई स्कूलकी शिक्षिकाहरुले टिका लगाएर जमरा प्रदान गरि दक्षिणा समेत प्रदान गरिएको थियो । दशै विदाका दिन स्कूलले मनोरञ्जनात्मक दशै विशेष कार्यक्रम गरिएको थियो । त्यसक्रममा विद्यार्थीहरुले दशैैंको शुभकामना स्वरुप गिफ्ट समेत प्रदान गरेका थिए ।
नेपालीहरुको महान चाड दशै,तिहारलगायतका सांस्कृतिक चाडपर्वका बारेमा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्न यसरीनै चाडपर्व लक्षित कार्यक्रमहरु गरिआएको स्कूलका निर्देशक माधव भट्टराईले जनाइएका छन् ।

Leave a Reply

Your email address will not be published.