राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा अर्जुन राजवंशी चयन

बिर्तामोड, २२ असोज । राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा झापाका पत्रकार अर्जुन राजवंशी चयन भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार राजवंशीलाई समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
२५ सदस्यीय सर्वसम्मत निर्वाचित युवा समितिको उपाध्यक्षमा पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, सचिवद्धयमा कपिलदेव राजवंशी र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशीलाई सर्वसम्मत चयन गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।
समाजको सदस्यमा हेमनारायण राजवंशी, भरत राजवंशी, रोजिन राजवंशी, रितेश राजवंशी, टंक राजवंशी, सरोज राजवंशी, सतिस राजवंशी, अभिषेक राजवंशी, मेघा राजवंशी, अर्जुन राजवंशी, हरदेव राजवंशी, हृदयनन्द राजवंशी, करण राजवंशी, शंकर राजवंशी र नरेश राजवंशी सर्वसम्मत चयन भएका छन् । समाजको थप ३ जनालाई केन्द्रीय समितिको बैठकले मनोनित गर्ने केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आजै मंगलबार नै निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा, मोरङ, सुनसरी र काठमाडौंमा बसोबास गर्ने राजवंशीहरुको सहभागिता रहेको थियो ।
नवगठित राजवंशी युवा समाजलाई राज्यमन्त्री भूमिप्रसाद राजवंशी, प्रदेशसभा सदस्य निमसरी राजवंशी, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, राजवंशी महिला समाजका केन्द्रीय अध्यक्ष सनम राजवंशी, कोच राजवंशी साँस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशी, राजवंशी समाज विकास समितिका झापा जिल्ला अध्यक्ष नौतली राजवंशी, मोरङ जिल्ला अध्यक्ष रमेश राजवंशी, उद्योग व्यवसायी समिति अध्यक्ष रुपक राजवंशी, धर्म संस्कार समितिका अध्यक्ष देवचरण राजवंशीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राजवंशी साहित्य नामक् पुस्तक समेत विमोचन गरिएको छ । राजवंशी समाज विकास समितिअन्तर्गतको राजवंशी साहित्य प्रकाशन समितिले प्रकाशन गरेको पुस्तक राज्यमन्त्री भूमिप्रसाद राजवंशीले विमोचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.