दमक,२० असोज । बिर्तामोड निवासी आख्यानकार कृष्ण बरालको “नातिपुस्ताको खेल” नामक निबन्ध संग्रहको दमकमा लोकार्पण गरिएको छ ।
दमकको स्रष्ट्रा प्रकाशन गृहद्धारा प्रकाशित सो संग्रहको जिल्लाका अग्रज श्रष्टाहरुको हातबाट सामूहिक रुपमा लोकापर्ण गरिएको हो । लीला लेखनमा आधारित रहेको सो कृतिमा नाति पुस्ताका नानीहरुदेखि युद्धसम्मको अवस्था उल्लेख गरिएको छ । बरालको यो सातौं कृति हो ।
निबन्ध संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, बरिष्ठ गजकार तथा पत्रकार केशव आचार्य, कवि तथा रेडक्रसकर्मी प्रकाश बुढाथोकी, कवि प्रकाश थाम्सुहाङ, कवि अभागी थेगुवा, श्रष्टाहरु बालचन्द्र सुब्बा, राजकुमार सुब्बा, सुन्दर कुरुप, याम थुलुङ लगायत दर्जनौ कवि, गजलकार, साहित्यकार र समाजसेवीहरूको उपस्थिति थियो।
आख्यानकार बरालका अनुसार “नातिपुस्ताको खेल” मा विशेषगरी स्मृति परक निबन्धहरूको सङ्ग्रह हो । मेघ नामक पात्रको विषयमा चाखलाग्दो विवरण प्रस्तुत गरिएको छ । निबन्ध संग्रहमा सजिला र जटिल दुवै खाले पाठहरू समावेश छन्, जसले पाठकलाई स्मृतिमा हराउने र फरक चेतनाको अनुभव दिने उनको भनाई छ ।