दमक तेक्वान्दो डोजाङका १० जना खेलाडी जिल्लास्तरिय ग्रेडिङमा

दमक,१९ असोज । दमक तेक्वान्दो डोजाङका १० जना खेलाडीहरुले जिल्लास्तरिय ग्रेडिङमा सहभागिता जनाएका छन् । झापा जिल्ला तेक्वान्दो संघले भद्रपुरस्थित रंगशालामा शनिवार आयोजना गरेको जिल्लास्तरिय ग्रेडिङमा उक्त डोजाङबाट १० जना खेलाडीले सहभागिता जनाएको अध्यक्ष जितु धिमालले बताए । उनका अनुसार १० जना मध्ये फस्ट डन (व्लाकबेल्ट) का लागि ८ जना र सेकेन्ड डनका लागि २ जना खेलाडी सहभागिता जनाएका हुन् ।
जिल्लाका विभिन्न ९ वटा तेक्वान्दो डोजाङका २७ खेलाडीले ग्रेडिङमा सहभागि थिए । त्यसमध्ये दमकको सो डोजाङले सवैभन्दा धेरै खेलाडीले सहभागिता जनाउन सफल भएको उक्त डोजाङका अध्यक्ष धिमालले बताए ।उक्त ग्रेडिङमा डोजाङका अध्यक्ष धिमाल,सहसचिव किरण बुढाथोकीसहित खेलाडीहरु सहभागि थिए ।
तेक्वान्दो संघ केन्द्रीय कार्यालयका प्रमुख सल्लाहकार टार्जन सुब्बाको उपस्थितिमा भएको ग्रेडिङमा संघका झापा जिल्ला अध्यक्ष बाबुलाल सुब्बा, कोषाध्यक्ष विवेक गिरी,कोशी प्रदेश सदस्य सन्जय राई लगायतको उपस्थिति रहेको थियो । ग्रेडिङमा राखेपका प्रशिक्षक जितेन्द्र मेचे,हरि भुजेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.