दमक ,१८ असोज । दमक ८ मा रहेको झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) का प्रिन्सिपल तथा सामाजिक युवा व्यक्तित्व सागर श्रेष्ठ क्वालिटी सर्कल्स इन एजुकेसन फर स्टुडेन्ट्स पर्सनालिटी डेभलपमेन्ट (क्वेस्ट) नेपालको कार्यकारी सदस्यमा नियुक्त भएका छन् ।
उनलाई क्वेष्टको १६ औ बार्षिक बैठकले पूर्वी भागमा एसक्यूसी (स्टुडेन्ट क्वालिटी सर्कल) को कार्यलाई थप विस्तार गर्न सदस्यमा नियुक्त गरेको जनाईएको छ ।
लामोसमयदेखि जेम्सको शैक्षिक विकासमा प्रिन्सीपलका रुपमा रहेर उनले विशिष्ट योगदान पुरयाउँदै आएका छन् । जेम्सले क्वेष्टका हरेक गतिविधिमा उत्कृष्ठ भूमिका निर्वाह गरिआएको छ ।
यसैवीच, जेम्सले आफना प्रिन्सीपल श्रेष्ठलाई क्वेष्टको कार्यकारी सदस्यमा नियुक्त गरेको प्रति खुसी व्यक्त गरेको छ । प्रिन्सीपल श्रेष्ठ कुशल शैक्षिक लिडर भएको भन्दै क्वेष्टमार्फत देशकै शैक्षिक विकासमा उनको योगदान रहने छ भन्ने विश्वास लिएको विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताए ।