पथरीशनिश्चरे, १५ असोज । मोरङको कानेपोखरी -४ खोरीयास्थित डाँस खोलाले बगाएर ७५ वर्षे वृद्ध लाखबहादुर राईको मृत्यु भएको छ।
सोमबार दिउँसो अन्दाजी १ बजे पथरीशनिश्चरे -८ मंगलबारे बस्ने उनलाई बगाउँदै ल्याएको स्थानीयले देखेपछि त्तत्काल खोलाबाट उद्वार गरी निकालेका थिए। खोलामा बग्दा बग्दै निज वृद्धको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।
यसैगरि, ईलाका प्रहरी कार्यालय पथरीले लागुऔषधसहित पथरीशनिश्चरे -९ पुल चोक बस्ने २२ वर्षे नवीन राईलाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट ट्रमाडोल ५ सय चक्की र स्पास पेन ५सय चक्की गरी जम्मा १ हजार चक्की लागुऔषध फेला पारेको थियो ।
हाल निज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पथरीमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।