-छविराज ढकाल
पथरी शनिश्चरे, ३ असोज । मोरङको पथरी शनिश्चरे २ मा रहेको पथरी नगर अस्पतालले थप सेवा विस्तारसंगै सुविधा सम्पन्न १५ बेडको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
अत्याधुनिक उपकरणहरूको प्रयोग गरी दैनिक तथा साप्ताहिक विशेषज्ञ डाक्टरहरु सहित आकस्मिक, बहिरङ्ग तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको यस अस्पतालले विगत केही वर्ष देखि विभिन्न १५बढि स्वास्थ्य सेवाहरू सञ्चालन गरेसँगै सेवा लिने लाभग्राहीहरूको संख्या पनि बढ्दै गएको हो।
विसं २०६७ साउन १ गतेदेखि ५ बेडबाट सेवा प्रारम्भ गरेको यस नगर अस्पतालले आर्थिक वर्ष २०७९-०८० मा ६३ हजार बढी बिमारीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ भने गत आर्थिक वर्ष २०८०र ०८१ मा ९३ हजार २ सय ३६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो। जसमध्यें ८८ हजार ३सय ३१ जनाले बीमा बापतको सुविधा उपयोग गरेका थिए।
पछिल्लो समय यस नगरभित्रका १० वटै वडाहरूमा स्थापना भएका छन् । वडा नम्बर १,३,४,६,७,८ र १० मा ७ वटा आधारभूत स्वास्थ्य केन्द्रहरू, वडा नम्बर ५ र ९ मा २ वटा स्वास्थ्य चौकी र वडा नम्बर २ मा १ वटा पथरी नगरअस्पतालले विभिन्न स्वास्थ्य सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूबाट पथरी शनिश्चरे नगरवासीहरूलाई स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको यो नगरअस्पतालले नजिकैको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीको व्यवस्थापन समितिसँग समन्वय गरी त्यहाँका विशेषज्ञ डाक्टरहरूबाट यस नगरपालिकाभित्र र आसपासका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो ।
हाल यस नगरअस्पतालबाट २४सैं घण्टा प्रसुति , आकस्मिक तथा वहिरंग सेवा, दैनिक ओपिडी सेवा, दैनिक भिडियो एक्स(रे जस्ता स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
यसैगरी, हप्ताको ३ दिन हाडजोर्नी तथा नशा, फिजिसियन, स्त्री तथा प्रसुति रोग, बाल रोग, जेनरल सर्जरी सेवा उपलब्ध हुँदै आएको छ भने साताको २ दिन नाक, कान र घाँटी विशेषज्ञको सेवा र छालारोग ९१ दिन ०, कालाज्वार, ज्वरो, मलेरिया,टाईफोईड, चोटपटक लगायतका अन्य आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा पथरी नगरअस्पतालका प्रमुख मुरारी आचार्यले बताए । उनले भिटामिन डी, बि, बि टुवेल (ं१२), थाईराइड जस्ता रोगहरूको अत्याधुनिक उपकरणहरू सहितको प्रयोगशालाबाट स्वास्थ्य सेवाहरू उपलब्ध भैरहेको र नगर अस्पतालले निकट भविष्यमै दन्त सेवा पनि विस्तार गर्ने योजना बनाएको जनाए ।
यसैगरी , हाल टिपीओ नेपाल र पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा दैनिक मनोविमर्श सेवा, फिजियोथेरापी, आँखा तथा कान रोग ,परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन ,खोप , परिवार नियोजन कार्यक्रम जस्ता विभिन्न स्वास्थ्य कार्यक्रमहरु सबै आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत सञ्चालित छन्।
सुगर र प्रेसरका बिरामीहरूको सङ्ख्या बढ्दै
दैनिक रुपमा विषादीयुक्त खाद्यान्न पदार्थको उपभोग, सन्तुलित खानपान , विलासीपूर्ण जीवनशैली, बढ्दो जनसंख्या आदिका कारण यस नगरमा पनि सुगर र प्रेसरका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ। अस्पतालमा आउने सबैभन्दा बढी सुगर र प्रेसरका बिमारीहरू रहेको पथरी नगर अस्पतालका प्रशासन प्रमुख यामबहादुर खड्काले जनाउनुभयो । उहाँका अनुसार गत आवमा ७हजार १ सय १७ जना सुगर रोगी र ६ हजार ८ सय प्रेसर रोगीहरूले स्वास्थ्य सेवा लिन आएका थिए।
सुविधा सम्पन्न भवन निर्माण कार्य अन्तिम चरणमा
करिब २३ कट्ठा क्षेत्रफल ओगटेको यस अस्पताल परिसरमा हाल निर्माणाधीन १५ बेडको नयाँ भवनको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ।
धारा जडान ,बिजुली जडान , भुइँ ढलाई, विद्युतीय भर्याङ, पेटीको फिनिसिङ, लगायतका अन्य सामान्य कामहरू निर्माण सम्पन्न गर्न बाँकी रहेको छ। खुश्बु कन्ट्रक्सन प्रालि विराटनगरले विगत तीन वर्षदेखि १२ करोडमा ठेक्का प्रक्रियामा गई ३ वर्षदेखि निर्माण गरिरहेको स्थानीय अगुवा समाजसेवी, जग्गादाता एवम् भवन निर्माण रेखदेख समितिका बाबुराम राईले जानकारी दिए। दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेपनि अहिलेसम्म सम्पन्न नभएपछि एक वर्ष म्याद पुनः थप गरिएको यो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।
उनले हालसम्म स्थानीयहरूले करिब २३ कट्ठा बढी आफ्नो लाखौं मूल्यको जग्गा नगर अस्पतालको नाममा निःशुल्क जग्गा दान गरेका थिए ।