भ्रष्टचारविरुद्ध देशव्यापी अभियान आवश्यक : प्रचण्ड

दमक ,२९ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भष्टचारविरुद्ध देशव्यापी अभियान आवश्यक भएकाले अव त्यसको नेतृत्व आफनो पार्टीले अगुवाई गर्ने बताएका छन् ।
देशैभरि भ्रष्टचार बढ्दै गएकाले परिवर्तन र जनताका उपलव्धि रक्षाका लागि माओवादीले गल्ती सच्चयाँएर अघि बढ्ने उनको भनाई थियो ।
माओवादी केन्द्र दमकको नवनिर्मित कार्यालय भवनको आज साँझ उद्घाटन गर्दे पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले आफनो पार्टी र देशलाई अस्थिरतासंगै कमजोर बनाउने षडयन्त्र हुदै गएकाले त्यस्ता जनविरोधी गतिविधि विरुद्ध पार्टीले आन्दोलन तथा खबरदारी गर्ने जोड दिए ।
पहिचानको मुद्धामा माओवादी केहि चुकेको स्वीकादै उनले अव त्यस्ता गलत कदमलाई सच्चयाएर यो देशका सम्पूर्ण आदिवासी,जनजाति ,शोषित पीडित समुदायको आसा र भरोसाको पार्टी बनाएर छाड्ने विचार राखे ।
उनले भने, –‘ लामो शसस्त्र युद्ध , विभिन्न खाले आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हाम्रो पार्टी कसैसंग न त संझौता,सहमति नगर्ने मात्र होइन कहिल्यै विचलित पनि हुने छैन । यसमा हाम्रो पार्टी ढृण छ ’
देशको शुसासन प्रति गहिरो चिन्ता राख्दै उनले सरकारको नेतृत्वको अदुरदर्शीताले फेरि अर्को आन्दोलन नआउला भन्न नसकिने लक्षणहरु देखिदै गएको टिप्पणी गरे ।
दमक ८ वालुवाटारमा निर्माण गरिएको तीन तलेसुविधासम्पन्न कार्यालय भवन उद्घाटनमा पार्टीका दमक नगर अध्यक्ष रवि बस्नेत लगायतले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.