दमक अस्पतालमा थपियो एम्बुलेन्स

दमक ,२७ भदौं। दमक नगरपालिकामा थप एउटा सुविधासम्पन्न एम्बुलेन्स प्राप्त भएको छ ।  इन्टरनेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आर्थिक सहयोगमा अत्याधुनिक सुविधा सम्पन्न एउटा एम्बुलेन्स प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
‘ख’वर्गको एसीसहितका सो एम्बुलेन्स दमक नगरपालिकाद्धारा सञ्चालित दमक अस्पतालमा विधिवत रूपमा सञ्चालनमा ल्याईएको नगर प्रमुख रामकुमार थापाले बताए । नगरवासीकै सेवाको लागि यो सुविधा उपलब्ध भएको भन्दै उनले लाभग्राही वर्गले सेवा लिन हुन आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.