दमक,६ भदौं । राप्रपा निकट झापाका निर्माण व्यवसायीहरु संगठित भएका छन्। राप्रपा पार्टी कार्यालय बिर्तामोडमा विहिबार सम्पन्न निर्माण व्यवसायीहरुको जिल्लास्तरिय भेलाले यज्ञनिधि भुर्तेलको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक निर्माण व्यवसायी संघ झापा जिल्ला तर्दथ समिति गठन गरेका हुन् ।
गठित जिल्ला समितिको उपाध्यक्षद्धयमा विक्रम सुब्बा,दिलकुमार मादेन,सचिवमा प्रविण कटुवाल र कोषाध्यक्षमा सरोज काफ्ले चुनिएका छन् । २१ सदस्यीय गठित समितिको सदस्यहरुमा धु्रव उप्रेती,राजकुमार राई,सरोज भट्टराई,योगेन्द्र खड्का,भरत भट्टराई,निर्मल खरेल,नविन खरेल,अमित राई,विनोद राई र विसु लिम्बू चुनिएका छन् ।
गठित तर्दथ समितिले जिल्लाभित्रका निर्माण व्यवसायीहरुलाई संगठित गरि चाडै नै जिल्ला अधिबेशन सम्पन्न गर्ने उपाध्यक्ष विक्रम सुब्बाले बताए ।