दमक,५ भदौ । श्रीकृष्ण जन्मअष्टमीको अवसरमा दमकमा निकालिने रथ यात्राको तयारी तीव्र पारिएको छ ।
रथयात्रालाई सभ्य तथा भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको श्री कृष्ण रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ ।
रथयात्रा व्यवस्थापन समितिले गठित विभिन्न उपसमिति तथा सोकारवालाहरुसंग बुधबार विहान तयारीका बारेमा छलफल गरिएको महासचिव प्रेम भट्टराईले जानकारी दिए ।
अघिल्ला वर्षझै यसवर्ष पनि श्रीकृष्ण जन्मअष्टमीको भोलिपल्ट दमकमा यहि भदौ ११ गते रथयात्रा निकालिदै छ । रथयात्राको संरक्षक दमक नगरपालिका रहेको छ ।
रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यको अध्यक्षता तथा दमक ७ स्थत राधाकृष्ण मन्दिरमा भएको छलफल कार्यक्रममा रथयात्रा सफल बनाउन गठित विषयगत समितिका संयोजकहरुले रथयात्राको तयारीका विषयमा भईरहेको कामकारवाहीका बारेमा जानकारी गराएका थिए ।
यस्तो छ रथयात्राको -रुट
दमकमा निकालिने रथ यात्रालाई थप व्यवस्थित बनाउन रुट तयार गरिएको छ । रथ दर्शनका लागि सवै नगरबासीसम्म पुरयाउँन यसवर्ष पनि दमक चौंक,वजार परिक्रमा गरिने समितिले जनाएको छ ।
दिनको २ वजेदखि राधाकृष्ण मन्दिर दमक बजारबाट निकालिने रथयात्रा हनुमान मन्दिर,पशुहाट ,गणतन्त्र चोकमा आउने छ । त्यहाँबाट पुनःरथयात्रा फर्निचर लाईन हुदै देवकोटा चोक , पशुपति मन्दिर , शंखधर चोक , भृकुटी चोक , फाल्गुनन्द चोक , दमक नगरपालिका सडक हुदै पुनः राधाकृष्ण मन्दिरमा आएर औपचारिक रुपमा समापन गरिने कार्यक्रम तयारी छ ।