मोरङ , ४ भदौ । करेन्ट लागेर मोरङको बिराटनगर –१५ जतुवामा एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सरितादेवी यादव रहेकी छन् ।
हिजो अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएकी उनलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।